भोजपुर । भोजपुरमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्लामा क्रियाशील पत्रकारहरूसँग एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । सुरक्षित आप्रवासन कार्यक्रमले जिल्लामा रहेर गरेका कार्यक्रम, उद्देश्य, नीति, प्रभाव, उपलब्धि लगायत विषयका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको सामी कार्यक्रम भोजपुरका कार्यक्रम संयोजक कर्ण पुलामीले जानकारी दिनुभयो ।
कार्यक्रममा भोजपुरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयहरू, वित्तीय साक्षरता कक्षा सञ्चालन, मनोसामाजिक परामर्श पछिका परिवर्तनका मुख्य सूचकहरूका विषयमा सामी कार्यक्रमका भोजपुर खोटाङका कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी गराउनु भएको थियो । साथै कार्यक्रममा सूचनामा पहुँच तथा भोजपुरको समग्र वैदेशिक रोजगार सम्बन्धी विषयमा छलफल समेत गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले, वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्ससगैँ सिपले स्वदेशमै केही गर्ने वातावरण सृजना गर्न सामी परियोजनाको महत्त्वपूर्ण भूमिका भएको बताउनुभयो । उहाँले प्रस्तुत उपलब्धिहरूलाई विश्लेषण गर्दै विदेश जानै परे सिप सिकेर जान र स्वदेश फर्किएसँगै थप विदेशमा सिकेको सिपलाई आफ्नै ठाउँमा प्रयोग गर्न समेत सुझाउनुभएको छ । यसका लागी स्थानीय सरकारले लगानीमैत्री वातावरण सृजना गर्ने समेत जानकारी दिनुभयो ।
जिल्लाको भोजपुर नगरपालिका, षडान्नद नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र हतुवागढि गाउँपालिकामा सञ्चालित सामी कार्यक्रमले हाल सम्म भएका उपलब्धि तथा परिवर्तनका बारेमा सम्बन्धित पालिकाका जनप्रतिनिधि तथा प्रहरीहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरेको समेत संयोजक पुलामीले जानकारी दिनुभयो ।
आइतबार भएको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, उपप्रमुख निर्मला शेर्पा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, जिल्ला स्थित क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
justin jefferson lsu jersey florida jersey oregon football jerseys penn state jersey deuce vaughn jersey penn state jersey college football jerseys brock purdy jersey aiyuk jersey fsu jersey florida jersey brandon aiyuk jersey brandon aiyuk jersey aiyuk jersey penn state jersey

