Search
Close this search box.
Search
Close this search box.

सार्वजनिक शौचालयलाई व्यवस्थित गर्दै काठमाडौं महानगर, प्रत्येक ५०० मीटरमा एक शौचालय

महानगरपालिकाले आफैंले निर्माण गरेको सार्वजनिक शौचालय र व्यक्ति तथा संस्थाले सञ्चालन गरेको ‘पब्लिक ट्वाइलेट’लाई प्रभावकारी सञ्चालन गरी ५ सय मिटरको दुरीमा भेट्ने बनाउन लागेको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र ५ सय मिटरको दुरीमा सार्वजनिक शौचालय भेटिने गरी काम सुरु गरेको जनाएको छ ।  महानगरपालिकाले आफैंले निर्माण गरेको सार्वजनिक शौचालय र व्यक्ति तथा संस्थाले सञ्चालन गरेको ‘पब्लिक ट्वाइलेट’लाई प्रभावकारी सञ्चालन गरी ५ सय मिटरको दुरीमा भेट्ने बनाउन लागेको हो ।

यो कामको लागि महानगरले वडालाई जिम्मा दिएको छ । महानगर भित्र भएका सार्वजनिक शौचालयलाई नियमित गर्ने र ‘पब्लिक ट्वाइलेट’ बनाउन सम्झौता भएका स्थानहरुको सञ्चालन अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडा मार्फत काम गर्न लागेको महानगरका सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए । काठमाडौंमा शौचालयको अवस्था तत्काल सुधार गर्न अल्पकालीन समाधानको लागि मात्रै वडा मार्फत काम सुरु गरेको अधिकारीले बताए ।

EPIC

‘कुन सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छ, त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नुपर्छ भनेर वडालाई नै जिम्मेवारी दिएका छौं,’ सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा. अधिकारीले भने ।

यो पनि पढ्नुहोस् ।

काठमाडौं महानगरपालिकाका मेयरमा बालेन शाह निर्वाचित भएपछि उनको आग्रहमा बजार क्षेत्रका बासिन्दाले आफ्नो निजी शौचालयलाई पनि सार्वजनिक रुपमा प्रयोग गर्न दिन सहमत भएका थिए । खासगरी पसल, होटल तथा रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थाले सार्वजनिक शौचालय लेखिएको बोर्ड राखेर बाटो हिँड्ने जोसुकैलाई पनि प्रयोग गर्न दिन थालेका थिए ।

महानगरसँग ‘पब्लिक ट्वाइलेट’ बनाउन भनेर व्यक्तिगत तथा संस्थागत रुपमा सम्झौता गरेका १२० वटा सार्वजनिक शौचालय छन् । यसैगरी महानगरपालिका क्षेत्रभित्र पहिलेदेखि नै सन्चालित ५७ वटा सार्वजनिक शौचालयहरुको सूची छ । तर ती कुनै पनि व्यवस्थित ढंगले सन्चालनमा छैनन् । धेरैजसो सार्वजनिक शौचालयमा नियमित सरसफाइ, मर्मत सम्भार र साबुन पानीको समेत व्यवस्था छैन ।

‘पब्लिक ट्वाइलेट’को रुपमा महानगरपालिकाले विभिन्न तथा संस्थासँग सम्झौता गरे पनि चलाउन भने सकेको छैन । महानगरसँग सम्झौता भएका तीनै शौचालय महानगरका वडाहरुले अपनत्व लिएर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

शार्वजनिक शौचालयहरुको पछिल्लो अवस्था र थप नयाँ स्थानमा सार्वजनिक शौचालय बनाएर सञ्चालन गर्न इच्छुक अरु पनि कोही छन् भने ती सबै विवरण संकलन गरेर उपलब्ध गराउन वडा कार्यालयलाई महानगरले भनेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *