सिके राउतसहित माइतीघरबाट ५१ जना प्रदर्शनकारी पक्राउ

फाइल फोटो

जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् । माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले राउतसहित ५१ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रदर्शन गर्न खोज्ने ४७ जना पुरुष र ४ जना महिलालाई माइतीघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए । उनीहरु सबैलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ ।

EPIC EPIC EPIC

सिके राउतसहित भेला भएकाहरूले टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च