सिक्किममा पहिरोमा परी तीन सैनिकको मृत्यु, ६ जना बेपत्ता


काठमाडौं । भारतको सिक्किममा पहिरोमा परी तीन सैनिकको मृत्यु भएको छ । आइतबार राति गएको पहिरोमा परेर अन्य ६ सैनिक बेपत्ता छन् । 

मृत्यु हुनेमा सेनाका हवलदार लखविन्दर सिंह, लान्स नायक मुनिष ठाकुर र भरिया अभिषेक लक्डा रहेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

यो घटना मंगन जिल्ला (उत्तर सिक्किम)को चाटेन क्षेत्रमा भएको हो । त्यहाँ रहेको एउटा सैनिक शिविरमा पहाडबाट ढुंगा–माटाको ढिस्को खसेको थियो । 

बेपत्ता सैनिकहरूको खोजी जारी छ । घाइते भएका चार सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ । 

मंगन जिल्लाको चुङथाङका उपविभागीय प्रहरी अधिकारी अरुण थटलले पत्रकारहरूलाई भने, “लाचेन नदीको बढ्दो पानीको सतहका कारण सेनाको क्याम्प पहिरोमा परेको हो । तीन सैनिकको शव निकालिएको छ । बेपत्ता सैनिकहरूको खोजी जारी छ ।”

चाटेन लाचेनबाट लगभग तीन किलोमिटर टाढा छ । यस क्षेत्रमा धेरै सेनाका क्याम्पहरू छन् । त्यहाँ बारम्बार जमिन भासिने घटना भइरहन्छन् । 

मे ३१ देखि यस क्षेत्रमा फसेका लगभग १,५०० पर्यटकलाई सोमबार सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

मंगन जिल्लाका जिल्ला मजिस्ट्रेट अनन्त जैनका अनुसार, लगभग १५० पर्यटक अझै पनि लाचेनमा फसेका छन् । तर तिनीहरू होटलहरूमा सुरक्षित छन्

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *