Search
Close this search box.
Search
Close this search box.

सिटी सफारी चार्ज गर्ने क्रममा भद्रपुरका सहनीको करेन्ट लागेर मृत्यु

झापा। भद्रपुरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ देवीवस्ती निवासी ३६ वर्षीय शम्भु सहनी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल लगिएको र उनको गएराति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

EPIC EPIC

शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *