बुद्धशान्ति । अनेरास्ववियु सीतारमेश बहुमुखी क्याम्पस कमिटीद्वारा नव आगन्तुक विद्यार्थीहरूको स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ। आइतबार आयोजित उक्त कार्यक्रममा कमिटीले विद्यार्थीहरूलाई स्वागत गर्दै विभिन्न पुरस्कार वितरण गरेको थियो।




कार्यक्रम क्याम्पस कमिटी अध्यक्ष आदित्य दंगालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रिय सदस्य तथा झापा-ताप्लेजुङ इन्चार्ज रोशन लामा उपस्थित थिए। साथै, नेकपा एमाले बुद्धशान्ति गाउँकमिटी सचिव धरणी पोख्रेल, अनेरास्ववियु केन्द्रिय सदस्य तथा पाँचथर इन्चार्ज रोशन भट्टराई, अनेरास्ववियु झापा जिल्ला आयोजक कमिटी संयोजक बालचन्द्र कार्की, सचिव मदन ओली, अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य सन्तोष धमला, अनेरास्ववियु झापाका निवर्तमान अध्यक्ष बलराम गिरी, तथा सीतारमेश बहुमुखी क्याम्पसका प्रमुख पुष्प रिजाल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

पार्टी तथा संगठनका अन्य प्रतिनिधिहरूको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन क्याम्पस कमिटी सचिव अनुराग दाहालले गरेका थिए।
