सिद्धि खोलाले बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला

झापा। झापाको मेचिनगर नगरपालिका–१, सुनारे टोलमा एक पुरुषको शव खोलाले बगाएर ल्याएको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापा अनुसार इलाम जिल्लाको रोङ गाउँपालिका–६ निवासी ५६ वर्षीय भगिरथ तामाङको शव मेचिनगर नगरपालिका–२, भृकुटीस्थित सिचाइको लागि खोलाबाट निकालिएको नहरको ढोकामा घोप्टो परेको अवस्थामा अड्किएको अवस्थामा भेटिएको हो।

EPIC EPIC EPIC EPIC

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी तिरिङ्खोलाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

घटनाको कारण खुल्न नसकेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *