Search
Close this search box.
Search
Close this search box.

सिमलताल दुर्घटनाः गणपति डिलक्सका चालक र सह–चालकको शव फेला

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको गणपति डिलक्स बसका चालक र सह–चालकको शव फेला परेको छ ।



उनीहरु दुबै जनाको शव घट्नास्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार दुई जनाको शवको सनाखत मंगलवार उनीहरुका परिवारले गरेका हुन् ।

EPIC

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सह–चालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषि कुमार सिंह रहेका थिए ।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ ।

पाँच दिन पहिले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म फेला परेका छैनन् ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स तथा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जस मध्ये तीन जनाले पौडेर ज्यान बचाउन सफल भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *