सिमाका गरिब जनतालाई अनावश्यक दु:ख नदिन सशस्त्रलाई मधेसी आयोगको ध्यानाकर्षण

काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई–मधेशसंग जोडिएका नेपाल–भारत सिमामा देखा परेका लागूऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचविखन जस्ता समस्याहरुलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अझै संवेदनशील हुन् सशस्त्र प्रहरीलाई सचेत  गराएका छन्  ।  आयोगका अध्यक्ष डा दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर सिमामा देखा परेका समस्याहरुसंग सम्बन्धित विभिन्न उजुरीहरु आयोगमा आएको हुँदा त्यस्ता समस्याहरुको समाधानार्थ सशस्त्र प्रहरीको भूमिका आवश्यक रहेको बताएका हुन् । भेटघाटमा अध्यक्ष डा.दत्तले गरिब जनताहरुले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुख दिएको गुनासो आयोगमा आएको हुँदा जनतालाई अनावश्यक दुख नदिन पनि महानिरीक्षक अर्याललाई निर्देशन दिए । अध्यक्ष डा.दत्तले मानवअधिकारको संरक्षण सबैको साझा दायित्व रहेको समेत बताए । सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउन समेत आयोग र सशस्त्र प्रहरीबीच समन्वयात्मक भूमिका आवश्यक रहेकोमा अध्यक्ष डा.दत्तले जोड दिएका छन् । 
भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिटै आयोग संग सहकार्य गरी सिमा संग जोडिएका गाउँहरुमा युवा सशक्तीकरणको लागि सीपमूलक तथा सचेतनामुलक कक्षाहरु संचालन गरिने प्रतिबध्ता व्यक्त गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *