सिमा सुरक्षामा भारतीय पक्षको चासो

अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र त्यसको चार दिनपछि हुने ‘गणतन्त्र दिवस’ लाई ध्यानमा राखेर बाँके, बर्दियासँग जोडिएको सीमावर्ती क्षेत्रको सुरक्षामा भारतीय पक्षले चासो व्यक्त गरेको छ।

अयोध्यामा सोमबार श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान हुँदै छ। माघ १२ (२६ जनवरी) मा भारतको गणतन्त्र दिवस हो। ती दुवै दिनका कार्यक्रमलाई ध्यानमा राखेर भारतीय पक्षले सुरक्षा चासो देखाएको हो।

EPIC EPIC EPIC

बाँके र बर्दियाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलाई भारतको नानपारामा शनिबार बोलाएर बहराइच जिल्लाकी ‘डिएम’ मोनिका रानीले सीमावर्ती क्षेत्रको सुरक्षा स्थितिबारे गम्भीर चासो व्यक्त गरेकी हुन्।

सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीसँगको भेटमा उनले सुरक्षाका विभिन्न विषयमा छलफल गरिन्। त्यसक्रममा उनले भारतमा हुन लागेका दुवै कार्यक्रमका बेला सीमाक्षेत्रको शान्तिसुरक्षा सुदृढ बनाउने विषयमा नेपालको रणनीतिक योजनाबारे सुरक्षा अधिकारीसँग जिज्ञासा राखेकी थिइन्।

नेपाली पक्षको नेतृत्व गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवणकुमार पोखरेलले अयोध्याको श्रीराम भूमि प्राण प्रतिष्ठा अनुष्ठान कार्यक्रम र गणतन्त्र दिवसको अवसरमा सुदृढ सुरक्षा व्यवस्था बनाइराख्न सीमावर्ती दुवैतर्फका सुरक्षा अधिकारीले आपसी समन्वयका साथ काम गर्ने निष्कर्ष बैठकले निकालेको बताए।

उक्त छलफलमा सीमाक्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच, गस्ती र पेट्रोलिङ बढाउनेजस्ता विषयमा गम्भीर छलफल भएको उनले सुनाए।

छलफलमा बहराइचकी डिएम मोनिकाको नेतृत्वमा भारतीय सुरक्षा अधिकारी र नेपालका तर्फबाट बाँकेका प्रजिअ पोखरेलको नेतृत्वमा बाँके तथा बर्दियाका सुरक्षा अधिकारीले सहभागी थिए। बर्दियाका सहायक प्रजिअ मोहन अर्याल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (प्रहरी उपरीक्षक) सुवासचन्द्र बोहरा, बर्दियाका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सुधीर शाही, बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्कबहादुर शाही र बाँकेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास श्रेष्ठ उक्त छलफलमा सहभागी भएका थिए।

छलफलपछि दुवै देशका सुरक्षा अधिकारीले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ र जमुनाहा नाकाको निरीक्षण पनि गरेको बाँकेका प्रजिअ पोखरेलले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *