सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप

सिरहा। सिरहामा पाँच हजार तीन सय ५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार चार सय २६ र दोस्रो चरणमा एक हजार नौ सय २७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

EPIC EPIC EPIC

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *