सिरहामा लगाएको निषेधाज्ञा हट्यो

सिराहा । मंगलबार बिहानदेखि सिरहामा लगाइएको निषेधाज्ञा साँझबाट हटाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गर्दै निषेधाज्ञा हटाइएको जनाएका हुन् ।

पूर्वमा बलान खोलादेख पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासको क्षेत्र र चोहर्वादेखि सिरहा सडकखण्डको पी.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म लगाइएको निषेधाज्ञा साँझबाट हटाइएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बिहानदेखि बुधबार बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए । गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय किसान मिथिलेश यादवलाई पक्राउ गरेको थियो । जिल्ला अदालत सिरहाले पक्राउ परेका यादवलाई आज तारेखमा छाड्न आदेश दिएको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *