सिरानीमुनि लुकाइएको ब्राउनसुगरसहित कचनकवलका युवक र युवती बिर्तामोडबाट पक्राउ


बिर्तामोड – झापा कचनकवलका एक युवक र एक युवती लागुऔषध ब्राउनसुगरसहित बिर्तामोडमा पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–८ स्थित नारायणकृष्ण टोलमा रहेको कविता रिमालको घरमा भाडामा बस्दै आएका कचनकवल गाउँपालिका–७ का २६ वर्षीय खड्गसिंह माझी र २० वर्षीया मुस्कान भुजेल पक्राउ परेका हुन्।

हिजो दिउँसो करीब ४ बजे उनीहरू बस्दै आएको कोठामा अबैध लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरीले चेकजाँच गर्दा भुइँतलाको कोठामा रहेको ओछ्यानको सिरानीमुनि प्लास्टिकमा प्याक गरिएको ६ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

पक्राउ परेका दुवै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *