सिर्जनशील आमा समूह हल्दीबारी–४ को छैठौँ वार्षिक साधारणसभा सम्पन्न

झापा । सिर्जनशील आमा समूह हल्दीबारी–४ को छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। समूहकी अध्यक्ष होमा खरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा संविधान सभा सदस्य माननिय पूर्णसिंह राजवंशी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा हल्दीबारी गाउँपालिकाकी कार्यपालिका सदस्य भगिरथा दाहाल, समाजसेवी शान्ता गौतम, जग्गादाता गोमादेवी खरेल ,समाजसेवी गणेश सौगात कालीकोटे र सुवास मैनली ,सञ्चारकर्मी देविका अधिकारी लगायतको सहभागिता रहेको थियो।

EPIC EPIC EPIC

साधारणसभामा समूहले हालसम्मको १९ लाख ३७ हजार ९ सय रुपैयाँको आय–व्यय विवरण सार्वजनिक गरेको छ। समूहको पहलमा हाल गणेश मन्दिर निर्माणाधीन अवस्थामा रहेको र निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष होमा खरेलले जानकारी दिएकी थिइन।

अध्यक्ष खरेलका अनुसार समूहले दुनाटपरी तथा बत्ती काट्ने जस्ता आयमूलक गतिविधि सञ्चालन गर्दै आएको छ भने दिदीबहिनीहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम अघि बढाइरहेको छ।

प्रमुख अतिथि पूर्णसिंह राजवंशीले समूहले गर्दै आएको सामाजिक तथा आर्थिक गतिविधिको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै समाजसेवी शान्ता गौतमले संस्थाको वृद्धिका लागि ५ हजार रुपैयाँ, सुवास मैनालीले २५ हजार रुपैयाँ र गणेश सौगात कालीकोटे २१ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।

कोषाध्यक्ष राधा गेलालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको साधारणसभाको सञ्चालन समूहकी सचिव रेसिका खतिवडाले गरेकी थिइन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च