बुद्धशान्ति, झापा – आसन्न स्ववियु निर्वाचनका लागि अखिल (क्रान्तिकारी) ले सीतारमेश बहुमुखी क्याम्पस, बुद्धशान्ति, झापामा आफ्नो उम्मेदवारहरू टुंगो लगाउँदै मनोनयन दर्ता सम्पन्न गरेको छ।

सभापति पदमा लोकप्रिय विद्यार्थी नेता सन्दीप न्यौपाने, सचिवमा नेहा कार्की, तथा कोषाध्यक्षमा काजल राजवंशी उम्मेदवार बनेका छन्। साथै, सदस्य पदका लागि क्रमशः निश्चल बस्नेत, ईशा विश्वकर्मा, करण श्रेष्ठ, अमित बुर्जा मगर र शोवित ठाकुर उम्मेदवार बनेका छन्। समानुपातिक तर्फबाट पनि सात जना उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको छ।

विद्यार्थीहरूको हक, अधिकारको रक्षा गर्दै समग्र शैक्षिक क्रान्तिका लागि अखिल क्रान्तिकारीले आफ्नो प्यानललाई विजयी गराउन सम्पूर्ण विद्यार्थीहरूलाई अपील गरेको छ। अब प्रचारप्रसारसहित निर्वाचनको तयारी तीव्र पारिएको छ।