Search
Close this search box.
Search
Close this search box.

सुनकोशीमा नुहाउन गएका ३ बालक बेपत्ता, खोज्न बिहानैबाट सशस्त्रको गोताखोर परिचालन

उदयपुर। आइतबार पौडी खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका तीनजना बालबालिका खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ।

आइतबार होली खेलेर सुनकोसीमा नुहाउन गएका उदयपुरको त्रियुगा नगरपालिका- १४ साउनेका तीन बालबालिका नदीमा बेपत्ता भएका थिए।

EPIC EPIC EPIC

आइतबार राति अबेरसम्म सशस्त्र प्रहरी बल नम्बर ५ त्रियुगा गण उदयपुरले बालबालिकाकाे खाेजी गरेकाे थियाे। तर हिजाे राति अबेलासम्म  खोजतलास गरे पनि बेपत्ता बालबालिकालाई फेला पार्न नसकेपछि आज (सोमबार) बिहानैबाट फेरि खाेजी सुरु गरिएकाे हाे।

काेसी प्रदेश नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट बालबालिकाकाे खाेजीमा गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरेर बिहानैदेखि खोजी कार्य सुरु गरिएको थापाले बताए। 

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बरऔ १४ साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर नदीमा बेपत्ता छन्। 

उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई भने स्थानीयले सुनकोसी नदीबाट उद्धार गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *