सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ ।

बिहीबार प्रतितोला रु एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *