सुनसरीको मालपोत कार्यालयका नासु र खरिदार डेढ लाख घुससहित रंगेहात पक्राउ

जग्गा नामसारी गर्न डेढ लाख घुस लिने नासु र खरिदार रंगेहात पक्राउ परेका छन्।

EPIC

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

EPIC EPIC EPIC

उनीहरूले जग्गा नामसारी गरेबापत भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। घुस लिइसकेको अवस्थामा रकमसहित अख्तियार टोलीले उनीहरूलाई इनरुवा नगरपालिका– ३ मालपोत चोकबाट नियन्त्रणमा लिएको हो। 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *