सुनसरीमा ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ घाइते

सुनसरी। विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ अन्य तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा सुनसरी बर्जु–३२ का एकै बस्तीका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

EPIC EPIC EPIC

प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा–३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो।

ट्रकमा अगाडिको क्याबिनमा चालकसहित ४ जना र पछाडि पाँच जना थिए। पछाडि बसेका ५ जनाको मार्बलले किचेर मृत्यु भएको हो। क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ। चालक फरार रहेको जनाइएको छ।–रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *