सुनसरीमा निलगाई मृत फेला

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित क्याम्पाचौरी जंगलमा एक निलगाई मृत अवस्थामा फेला परेको छ।

स्थानीयवासी घाँस–दाउरा खोज्न जंगल गएका बेला निलगाई मृत अवस्थामा देखेपछि घटनाबारे जानकारी दिएका थिए।

EPIC EPIC EPIC

निलगाई मृत फेला परेको खबर पाउनासाथ आवश्यक व्यवस्थापनका लागि डिभिजन वन कार्यालयका कर्मचारीलाई जानकारी गराइएको बराहक्षेत्र–७ का वडाध्यक्ष कपिल आचार्यले बताए।

निलगाई मृत्युको कारण खुल्न बाँकी रहेको छ।

वन कार्यालयका कर्मचारीबाट घटनास्थलको निरीक्षण तथा मृत निलगाईको व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *