सुनसरीमा भन्सार छलेर भित्र्याएको १४ लाखको कपडा बरामद

सुनसरी। भारतबाट अवैध रूपमा भित्र्याएको १४ लाख मूल्य बराबरको कपडा बरामद भएको छ।सशस्त्र प्रहरी बल नेपाल, ४ नम्बर गण सुनसरीले शुक्रबार राति दशगजा क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्राइएको ९ लाख १४ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो ।

EPIC

बरामद गरिएको अवैध सामानहरू सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको छ। सशस्त्र प्रहरीको बीओपी घुस्कीबाट गएको सप्रनि बिनुप श्रेष्ठको टोलीले पनि ४ लाख १० हजार बराबरको लत्ताकपडा बरामद गरेको छ।

EPIC EPIC EPIC

सशस्त्र प्रहरीले सुनसरी जिल्लाको कोशी गाउँपालिका-८, तिनकुनेबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ५० हजार बराबरको एक बोरा पटका समेत बरामद गरेको छ।उक्त पटका सप्रबल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट गएको टोलीले नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि, पत्रकार र नेपाल प्रहरी समेतको रोहवरमा कार्यलय परिसरमा खाडल खनि नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *