सुनसरी कारागारबाट पर्खाल नाघेर भागेका कैदी झापामा पक्राउ

सुनसरी। सुनसरी कारागारबाट पर्खाल नाघी फरार भएका एक कैदीलाई प्रहरीले झापामा पक्राउ गरेको छ।

२०८२ साउन २८ गते जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ जिल्ला, दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रुपक पौडेल कारागारबाट भागेका थिए।

EPIC EPIC EPIC EPIC EPIC EPIC

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१०, बिर्तापोखरमा लुकिछिपी बसेको अवस्थामा पौडेललाई आज बिहान ६ बजे नियन्त्रणमा लिएको हो।

जिल्ला अदालत सुनसरीले उनलाई जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्ति सजाय तोकेको थियो। उनी कारागारमै सजाय भोगिरहेका बेला भागेका थिए।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइने प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *