सुन्दरहरैंचामा ‘उत्कृष्ट ढुकुर जोडी’ खोजिँदै

मोरङ — दाम्पत्य जीवनलाई सहिष्णुता, प्रेम र समझदारीका आधारमा दीर्घकालीन रूपमा अघि बढाउन प्रेरित गर्ने उद्देश्यले मोरङको सुन्दरहरैंचा नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ छनोट गर्न विशेष कार्यक्रम ल्याएको छ। समाजमा पछिल्ला समयहरूमा लैंगिक हिंसा, श्रीमान–श्रीमतीबीच झै–झगडा, गालीगलौज, बेइज्जती तथा सम्बन्ध विच्छेदका घटनाहरूमा उल्लेख्य वृद्धि भइरहेका बेला ती घटनालाई न्युनिकरण गर्न तथा सकारात्मक उदाहरण प्रस्तुत गर्ने हेतुले यो कार्यक्रम सार्वजनिक गरिएको नगरपालिकाले जनाएको छ।

बुधबार प्रकाशित सूचनामा भनिएको छ कि नगरपालिकाको न्यायिक समितिमा दिनानुदिन बढिरहेका घरेलु तथा लैंगिक हिंसासम्बन्धी उजुरीहरूलाई ध्यानमा राख्दै दाम्पत्य जीवनमा अनुकरणीय उदाहरण बनेका श्रीमान्–श्रीमतीलाई ‘उत्कृष्ट ढुकुर जोडी’को रूपमा सम्मान गर्न लागिएको हो। नगर क्षेत्रका प्रत्येक वडाबाट कम्तीमा विवाह भएको १० वर्ष पुगेका, नागरिकता, विवाह दर्ता, छोराछोरीको जन्मदर्ता, शिक्षा तथा परिवारप्रतिको जिम्मेवारीमा सक्रिय सहभागिता जनाएका दम्पतीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

आवेदक दम्पतीले संयुक्त परिवारमा निरन्तर बसोबास गरेको, बुवाआमा वा सासूससुराप्रति कर्तव्यनिष्ठा देखाएको, हालसम्म कुनै कानुनी निकाय वा सामाजिक संस्थामा झै–झगडाको उजुरी दर्ता नगराएको, विवाह भएको १० वर्षको अवधिमा वैदेशिक रोजगारमा दुई वर्षभन्दा बढी समय विदेश नबसेको लगायतका विभिन्न सामाजिक तथा पारिवारिक मापदण्डहरू पूरा गरेको गरेको हुनुपर्ने छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *