सुपर मादी हाइड्रोपावरको आइपिओमा १३ लाख भन्दा बढीको आवेदन

सुपर मादी हाइड्रोपावरको आइपीओमा १ अर्ब ५५ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (माघ १२ गते) सम्ममा १३ लाख ५७ हजार ७४५ जनाले १ करोड ५५ लाख ६२ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ८.९२ गुणा बढी आवेदन हो । कम्पनीले माघ ९ गतेदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो । 

यो मध्ये १०% अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५% अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको हो । 

EPIC EPIC EPIC EPIC EPIC

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *