सुपारीलाई कृषि उपजमा सुचिकृत गर्न सरकारलाई माग, माग पुरा नभए आन्दोलनको तयारी गर्ने

बुद्धशान्ति(पालिका सन्देश) । सरकारले विदेशी सुपारी आयातलाई प्राथमिकता दिएकाले स्वदेशी सुपारीले उचित भाउ नपाएको सुपारी कृषकहरुले गुनासो गरेका छन् । बुद्धशान्तिमा बुधबार पत्रकार सम्मेलन गर्दै सुपारी कृषकहरुले गुनासो पोखेका छन् ।


झापा, इलाम, मोरङ र सुनसारी जिल्लाका सुपारी कृषकहरुको भेलाबाट गठीत नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गिता प्रसाद अधिकारीले कृषकले उत्पादन गरको काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न पाउनुपर्ने पहल सरकारले गर्नुपर्ने बताएका छन् । उनले आक्रोस पोख्दै भने, दुईचारजना बिचौलियाका कारण सरकार निर्यात गर्न तर्फ भन्दा आयात गर्न लागि परको बताए ।

EPIC EPIC EPIC


नेपालमा सुपारी खेती व्यापक रुपमा बिस्तार भएकाले नेपालमा चाहिने भन्दा बढी भएता पनि बिचौलियाका कारण निर्यातमा समस्या रहेको किसानहरु बताउँदै आएका छन् । कृषकले उत्पादन गरको सुपारी सहज तरिकाले कृषक आँफैले निर्यात गर्न पाउनुपर्ने, सुपारीलाई कृषि उपजमा सुचिकृत गरिनुपर्ने माग राख्दै आएका सुपारी कृषकहरुले कृषि बिकास मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यापक छलफल गर्दै आफ्ना मागहरु राख्दै ज्ञापन पत्र समेत बुझाइएको संयोजक गिता प्रसाद अधिकारीले बताएका छन् । उनले यस ज्ञापनपत्रको मागलाई सरकारले सुनवाई नगरे देशैभरका दश लाख बढी सुपारी कृषकलाई आन्दोलनमा उतार्ने समेत बताए । उनले यस बिषयमा सम्वेदनशील रहन समेत सरकारलाई समेत आग्रह गरेका छन् ।


३० बर्षदखि सुपारी व्यवसाय गर्दै आएका अर्जनधाराका सुपारी व्यवसायी सुरेन्द्र शाहका अनुसार सुपारी कृषकका लागि खोलिएका संस्था वास्तविक किसान नभएको समेत बताएका छन् । कमिसन र बिचौलयिाको काम गर्न मात्र संस्था दर्ता गरेर खोलिएको भन्दै आक्रोस पोखेका छन् । उनले भने नेपालको राम्रो लोकल सुपारी भारत जान्छ र भारतको बिग्रेको सुपारी नेपाल आयात भईरहँदा पनि सरकारले वास्ता नगरको बताए । यता सुपारी कृषक नारायण न्यौपानेले पनि कृषकले बिचौलियका कारण सोझै बिक्री गर्न नपाउँदा कम मुल्यमा बिक्री गनुर्सपरेको बताए ।


स्वदेशी सुपारीले नधान्ने भएमा मात्रै आयात गर्ने नीति सरकारले बनाउनु पर्छ भन्ने किसान तथा व्यापारीको भनाई छ आयातको नाममा कमिसनरुपी कमाउ धन्दाले सुपारी उत्पादन गरेर जीवनयापन प्रयास गर्ने मिहिनेतको कदर नभएको किसानको गुनासो छ ।


नेपालमा झापा, मोरङ, सुनसरी, र इलाममा बढी सुपारी उत्पादन हुने गर्छ । यी जिल्लाहरु नेपाललाई सुपारी कारोबारमा आत्मनिर्भर बनाउने क्षमता राख्छन् । सुपारी उत्पादक किसान विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय तालिम लिएर गतिलो अनुभव सम्हालेका अनि मिहिनेती पनि छन् । तर सरकारले कृषककै लागि भनेर ठोस नीति नबनाउँदा कृषक समस्यामा पदै आएका छन् । खेती गर्ने जमिन छ, सीप छ, तालिम पनि छ ,तर बेचेर आयआर्जन गर्ने उचित बजार तथा मूल्य नै छैन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *