भोजपुर । भोजपुर नगरपालिका–७ देउरालीमा रहेको सुम्निमा बहुप्राविधिक शिक्षालयमा आजदेखि खेलकुद सप्ताह सुरु भएको छ । फागुन १० गतेबाट सुरु भएको शिक्षालयको वार्षिक उत्सव कार्यक्रम अन्तर्गत आजदेखि खेलकुद सप्ताह सुरु भएको हो ।शिक्षालयको वार्षिक शैक्षिक क्यालेन्डर अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक विकाससँगै व्यक्तित्व विकाश, बौद्धिक तथा मानसिक विकास र शारीरिक विकासका लागी अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद कार्यक्रम सञ्चालन गरेको सुम्निमा बहुप्राविधिक शिक्षालय भोजपुरका शिक्षालय प्रमुख राजीव कुमार ठाकुरले जानकारी दिनुभयो
deuce vaughn jersey oregon ducks jersey tom brady michigan jersey deuce vaughn jersey johnny manziel jersey custom ohio state jersey custom ohio state jersey brock purdy jersey deuce vaughn jersey deuce vaughn jersey brandon aiyuk jersey justin jefferson lsu jersey brandon aiyuk jersey brock purdy jersey deion sanders jersey
खेलकुद सप्ताहको पहिलो दिन आज छात्र र छात्रा बिचको मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगीताका ४ खेल भएका छन् । जस अन्तर्गत सिभिल पाँचौँ सेमेस्टर भर्सेस एजी फस्ट सेमेस्टर बिचको छात्र फुटबल प्रतियोगितामा ३–० गोल अन्तरले पाँचौँ सेमेस्टर सिभिल विजयी भएको छ भने छात्रा तर्फको सिभिल समूह भर्सेस एजी समूह बिचको खेलमा २–० गोल अन्तरले सिभिल समूह विजयी भएको छ ।
त्यस्तै भलिबल तर्फ छात्र तेस्रो सेमेस्टर सिभिल भर्सेस तेस्रो वर्ष एजी (विशेष)बिचको खेलमा सिभिल तेस्रो सेमेस्टर विजयी भएको छ । छात्रा तर्फको भलिबलमा तेस्रो वर्ष एजी (विशेष) भर्सेस एजी पहिलो सेमेस्टर बिचको खेलमा एजी पहिलो सेमेस्टर विजयी भएको शिक्षालयका खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक निरज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार खेलकुद सप्ताहमा छात्र र छात्रा दुवैको भलिबल, फुटबल, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट लगायत विभिन्न प्रतियोगितात्मक खेलहरू सञ्चालन हुनेछन् ।
खेलकुद सप्ताह आगामी फाल्गुण २४ गते सम्म सञ्चालन हुनेछ ।