सुरुङ्गामा अटोको ठक्करबाट पैदल यात्री भेट्वालको मृत्यु

झापा। कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा –झापा भित्री पक्की सडकखण्डमा अटोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो बिहान अन्दाजी १०ः३० बजेको समयमा कनकाई नगरपालिका–३ स्थित पशुपति बोर्डिङनजिक सुरुङ्गा –झापा भित्री पक्की सडकखण्डमा मदरगाछीबाट सुरुङ्गा आउँदै गरेको प्र.१–०१–००१ह. ७७३८ नम्बरको अटोले पैदलयात्री कनकाई–३ सुरुङ्गा बस्ने ६० वर्षीय ओमप्रकाश भेट्वाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिई घाईते बनाएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा आज बिहान ११.३० बजेको समयमा मृत्यु भएको हो ।

अटो र चालक कन्काई–५ मदरगाछी बस्ने ४२ वर्षीय टिकाराम उप्रेतीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *