इलाम। इलामको सुर्योदय नगरपालिका वडा नं ०३ जिलमा “ञङ्गुर ञिङ्मा पेमा छोइलिङ्ग गुम्बा” को निर्माण कार्य धमाधम भईरहेको छ ।
२०७७ सालवाट निर्माण सुरुवात भएको गुम्बालाई प्रदेश सरकारबाट रु १६ लाख र स्थानीय तहबाट हाल सम्म रु २ लाख रुपैयाँ बजेट प्राप्त भएको हो । हाल सम्म रु.५५ लाख भन्दा बढी रकमको काम भइसकेको स्थानीय प्रेमसागर घिमिरेले बताएका छन् ।
करिव ३७ लाख जतिको काम स्थानीय गाउँलेबाट नै संकलन गरिएको रकम र श्रमदानबाट निर्माण गरिएको बताइएको छ । गुम्बाको भावी योजना बौद्ध पाठशाला, सार्वजनिक भवन निर्माण गर्ने गुम्वा निर्माण समितिका सचिव डा. वाड्दी तामाङ्ग्ले बताएका छन् ।