सेनेटरी प्याडमा भ्रष्टाचार 

धनकौल/ सर्लाहीको धनकौल गाउँपालिकाका जनप्रतिनिधिले महिनाबारी हुँदा प्रयोग हुने सेनेटरी प्याडमा लाखौँ भ्रष्टाचार गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधिहरुले सेनेटरी प्याड खरिदमा लाखौँ रुपैयाँ घोटाला गरेका हुन् ।  

आर्थिक वर्ष २०८१/८२ मा धनकौल गाउँपालिकाले विद्यालयका अध्ययनरत छात्राहरुलाई वितरण गर्न किनिएको सेनेटरी प्याडमा लाखौँ भ्रष्टाचार भएको छ । गाउँपालिकाको शिक्षा शाखले खरिन गरेको सेनेटरी प्याडको खुद्रा बजार मूल्यभन्दा निकै बढी मूल्यमा थोकमा खरिद गरेको पाइएको हो ।  

EPIC EPIC EPIC EPIC EPIC EPIC

सेनेटरी प्याड पालिकाले खरिद गरेको समयमा प्रचलित बजारमा अधिकतम खुद्रा मूल्य प्रति प्याकेड ४५ रुपैयाँ भए पनि गाउँपालिकाले ७३ रुपैया ३२ पैसामा खरिद गरेको पाइएको छ । गाउँपालिकाले ११ हजार १७० सेनेटरी प्याड खरिद गरेको छ जसको मूल्य ८ लाख १८ हजार ९८४ रुपैयाँ तिरेको छ ।  

वास्तविक बजार मूल्य ५ लाख २ हजार ६५० रुपैयाँ भन्दा गाउँपालिकाले सेनेटरी प्याड खरिदमा ३ लाख ५ हजार १६५ रुपैया भ्रष्टाचार गरेको देखिएको हो ।  

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रचलित बजारमूल्यभन्दा निकै बढी रकम तिरेर गाउँपालिकाले सेनेटरी प्याड खरिद गरेको उल्लेख भएको छ । महालेखाले प्रतिवेदनमा गाउँपालिकाले अनियमितता गरेको ठहर गरेको छ ।  

धनकौल गाउँपालिकाको शिक्षा शाखा प्रमुख फेरिएका छन् । वर्तमान शिक्षा शाखा प्रमुख अरुण प्रजापतिले गत आर्थिक वर्ष २०८०/८१ मा आफू शिक्षा शाखाको जिम्मेवार व्यक्ति नरहेकोले आफूलाई यस विषयमा केही पनि जानकारी नरहेको बताएका छन् ।  

जनप्रतिनिधिहरुले सेनेटरी प्याडको रकममा पनि लाखौँ रुपैया खाएको कुराले गाउँपालिकामा निकै चर्चा पाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *