सेन्ट्रल जोन भलिबलमा लगातार चौथो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । बङ्गलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत महिलातर्फ नेपाल फाइनलमा प्रवेश गरेको छ । साविक विजेता नेपालले आइतबार भएको लिग चरणको चौथो खेलमा उज्वेकिस्तानमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले उज्वेकिस्तानमाथि २५–२०, २५–२३, २५–१४ को जित निकालेको थियो ।

यससँगै नेपालले लगातार चौथो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । नेपाले पहिलो खेलमा श्रीलङ्कालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

EPIC EPIC EPIC EPIC

जितसँगै नेपाल शीर्ष स्थानमा छ । नेपालले चार खेलबाट ११ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको श्रीलङ्काको १० अङ्क छ । उज्वेकिस्तान नौ अङ्कसहित तेस्रो स्थानमा छ । किर्गिस्तानको ६ अङ्क छ भने माल्दिभ्सले खाता खोल्न सकेको छैन ।

लिग चरणको एक खेलअगावै फाइनलमा स्थान बनाएको नेपालले अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्ने छ ।

महिलातर्फ आयोजक बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल सन् २०१९ मा बङ्गलादेशमै भएको सेन्ट्रल जोनमा महिलातर्फ एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *