सेन्ट्रल प्लाजा आगलागी : भवनमा फसेका ११ जनाको उद्धार

सुनसरी: इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार भएको छ ।

उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जानकारी दिए । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झन्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

यसैगरी आगो निभाउन विभिन्न पालिकाका १२ दमकल प्रयोग गरिएको छ । १० तले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभिन्न तलामा सर्वसाधारण फसेको जानकारीलगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगो निभाउने प्रयास जारी रहेको प्रहरी नायब महानिरीक्षक अधिकारीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *