सेयर नभएका डिम्याट खाता रोक्का हुने

काठमाडौँ। अब सेयर नै नहुने डिम्याट खाता रोक्का हुने भएको छ । साथै पाँच वर्षदेखि नवीकरण नगरेका डिम्याट खातासमेत स्थगन गरिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले बुधबार जारी गरेको आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

बोर्डले नयाँ व्यवस्थाबारे सरोकारवाला निकाय सिडिएससीलाई निर्देशन पनि दिइसकेको छ । बोर्डले सिडिएससीलाई विद्यमान व्यवस्थामा परिमार्जन गर्न, पाँच वर्षदेखि नवीकरण नभएका र खातामा धितोपत्र मौज्दात नभएका डिम्याट खाता बन्द गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्ता खाता बन्द गर्दा नवीकरण शुल्क प्राप्त हुन नसकेमा सो छुट दिने र निक्षेप सदस्यले नवीकरण शुल्क प्राप्त गरेपछि मात्र केन्द्रीय निक्षेप कम्पनीलाई बुझाउनुपर्ने दस्तुर वा शुल्क बुझाउने व्यवस्था गरी सम्बन्धित विनियम संशोधनका लागि बोर्डमा पेस गर्न निर्देशन दिइएको छ ।

खातामा पैसा अनिवार्य 

बोर्डले बैङ्क खातामा पैसा भए मात्र दोस्रो बजारबाट सेयर किन्न मिल्ने व्यवस्था गरेको छ । नीति तथा कार्यक्रममार्फत दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैङ्क खातामा रकम भए मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाएको हो ।

साधारण सेयरमा आवेदन दिनासाथ भेरिफाइ हुने व्यवस्था गरेको बोर्डले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । धितोपत्रको प्राथमिक निष्कासनमा आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाले सिडिएस एन्ड क्लियरिङबाट एपिआई लिई आवेदकको आवेदन तत्कालै सिस्टम भेरिफिकेसन भई आवेदन रकम रोक्का हुने तथा सोही अनुसार धितोपत्र बाँडफाँटपछि फुकुवा हुने व्यवस्था गरिएको छ । गैरआवासीय नेपालीले जुनसुकै मुलुकमा बसेर पनि सेयर खरिद/बिक्री गर्न पाउने भएका छन् । बोर्डले जारी गरेको नीति तथा कार्यक्रमका अनुसार जुनसुकै मुलुकमा बसेका नेपाली नागरिकले नेपाली नागरिकता प्रयोग गरेर नेपालको सेयर बजारमा सेयर खरिद/बिक्री गर्न पाउने व्यवस्था गरिएको हो  ।

धितोपत्र तथा वस्तु विनिमय बजारको विकास, विस्तार र सुधारका लागि नीति तथा कार्यक्रम ल्याइएको जनाउँदै बोर्डले बजारमा हुने अवैध गतिविधि र दुरुपयोग नियन्त्रण गर्नका लागि प्रभावकारी नियमन प्रणाली लागु गरिने पनि जनाएको छ ।

यस्तै नयाँ वित्तीय उपकरणको विकास र विस्तार गरी बजारलाई बहुआयामिक बनाउने लक्ष्यका साथै, बोर्डले प्रणालीगत जोखिम न्यूनीकरण गर्दै लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्ने र यसबाट बजारप्रतिको जनविश्वास बढाउने प्रयास गर्ने जनाएको छ । सूचना प्रविधिको प्रयोगलाई सशक्त र प्रभावकारी बनाउने नीति लिँदै बोर्डले धितोपत्र बजारसम्बन्धी पूर्वाधारमा लगानी गरिने र त्यसले बजारको कार्यसम्पादनमा सुधार ल्याउने अपेक्षा गरेको छ । निरन्तर पुँजी बजार शिक्षा कार्यक्रम सञ्चालन गरी लगानीकर्ताको साक्षरता र सचेतना बढाउनुका साथै बजारको विकासका लागि अध्ययन र अनुसन्धानलाई पनि प्राथमिकता दिइने बोर्डले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *