सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका इन्जिनियर हुसेन अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसंग १ लाख रुपैयाँ अतिरिक्त रकम लिएको अभियोगमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर अख्तर हुसेनलाई नियन्त्रणमा लिएको छ।

अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर उनको निवास खानतलासी सुरु गरेको हो। हुसेनमाथि फुङलिङ नगरपालिका वडा नं २ स्थित निर्माणाधीन रङ्गशालाको ६ लाख ६४ हजार रुपैयाँ बराबरको माटो कटिङको काममा निर्माण व्यवसायीबाट २० प्रतिशतले हुन आउने रकम लिएको अभियोग छ।‘

EPIC EPIC EPIC EPIC EPIC

मलेपलाई समेत दिनुपर्ने भन्दै नदिए योजनाको प्राविधिक पास नगर्ने धम्की दिएपछि बाध्य भएर बुधवार १ लाख रुपैयाँ बुझाएको हुँ’निर्माण व्यवसायी वीरबहादुर तामाङले भने। पैसा अनिवार्य दिनुपर्ने भन्दै हुसेनले आफूलाई दिनको करिब एकसयपटक फोन गर्ने गरेको तामाङको भनाई छ। अख्तियारको टोलीले भने खानतलासी सहितका सबै कार्य पूरा भई मुचुल्का उठेपछि मात्र घटना विवरण बारे आधिकारिक जानकारी दिने बताएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *