सोनाली राजभण्डारीले जितिन् ‘भ्वाइस किड्स’-४ को उपाधि

काठमाडौं। बाल गायन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन-४ को उपाधि सोनाली राजभण्डारीले जितेकी छन् ।

शनिबार राति आयोजित ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितेकी हुन् । 

EPIC EPIC EPIC EPIC EPIC

बिजेता भएसँगै सोनालीले १० लाख रूपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन् ।

सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे ।

उपाधिका लागि फिनालेमा ८ जनाले प्रतिस्पर्धा गरेका थिए । कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँ, खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धिताल, मेलिनाको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री तथा मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए ।

‘भ्वाइस किड्स’ द भ्वाइस अफ नेपालको बाल संस्करण हो । केही महिना अघि सम्पन्न भ्वाइस अफ नेपाल सिजन-६ को उपाधि टिम खेम सेन्चुरीका प्रोसेस पाण्डेले जितेका थिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *