Search
Close this search box.
Search
Close this search box.

सौर्य एयरको जहाज दुर्घटनाको सम्भावित कारण ‘तौलको असन्तुलन’: प्रतिवेदन

काठमाडौं- डेढ महिनाअघि अर्थात गत साउन ९ गते वुधवार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको पहिलो सम्भावित कारण बाहिरिएको छ ।



दुर्घटना भएपछि गठित दुर्घटना जाँच आयोगलें सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उडान तौलको सम्भावित असन्तुलन, टेकअफ हुँदै गर्दा रन–वेमा अपाउनु पर्ने गतिको कमि तथा ‘फेरि उडान’ मा अपनाउनु पर्ने मापदण्ड पालना नभएका कारण पोखराका लागि उडेको सौर्य एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएको देखाएको छ ।

EPIC

प्रारम्भिक प्रतिवेदनले गैरव्यवसायिक उडान दुर्घटनाको सम्भावित कारणमा उक्त सीआरजे विमानको उडान तौलको सम्भावित असन्तुलन, टेकअफहुँदै गर्दा रन–वेमा अपनाउनु पर्ने गतिको कमि तथा फेरि उडानमा अपनाउनु पर्ने मापदण्ड पालना नभएका विषय वरपर केन्द्रित रहेको औंल्याएको छ । सौर्यको जहाज दुर्घटनामा १८ जनाको दुखद निधन गएको थियो ।

दुर्घटना जाँच गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय दुर्घटना जाँच आयोगले पर्यटनमन्त्री बद्री पाण्डेलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनले जहाजको प्राविधिक कारण र पाइलट मात्रैको कारणले उक्त दुर्घटना नभएको पनि दावी गरिएको छ ।



व्यवसायिक उडान नभएकाले आफ्नै कम्पनीको तौल नलिई राखिएको भार हो कि टेक-अफमा पाइलटले आधार मानेर डेटा प्रणालीमा राखेको भार हो भन्नेमा अनुसन्धान केन्द्रित भएको पनि प्रतिवेदनमा भनिएको छ । टेक-अफको स्पिड नै नपुगेर पाइलटले टेक-अफ कलम तानेको प्रारम्भिक कारणमा देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालमा ६९ वर्षयता भएका १ सय ९ वटा हवाई दुर्घटनामा ७० प्रतिशत विमान खराव मौसमभित्र पाइलटले छिराएका कारण दुर्घटना भएको प्रतिवेदनहरुले औंल्याएका छन् ।

ती प्रतिवेदनमा अधिकाशंले पाइलटलाई मुख्य दुर्घटना हुनुको कारण भनेका छन् । तर, सौर्यको दुर्घटनामा खराब मौसम, इन्जिन फेलिअर, अरु प्राविधिक त्रुटि, एकल पाइलटकको मात्रै कारण नदेखिएको दुर्घटना जाँच आयोगका विज्ञहरुले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *