Search
Close this search box.
Search
Close this search box.

स्कुल बसको ठक्करबाट सर्लाहीमा बालिकाको मृत्यु

सर्लाहीमा स्कुल बसले ठक्करबाट बालकको ज्यान गएको छ । हरिपुर नगरपालिका ८ घर भई लालबन्दी नगरपालिका २ बस्ने वीरेन्द्र पासवानका ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो ।

नवलपुर–मलंगवा सडकखण्डमा पर्ने हरिपुर नगरपालिका वडा नम्बर ८ जुटपानीमा जिआईएस स्कूलको ना. २ क. ११० नम्बरको स्कुल बसको ठक्करबाट मंगलबार साँझ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

EPIC

बसको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बर्दिबास स्थित स्वाभिमान अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न स्कुल बस र चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *