स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने

काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकहरूको तलब निकासा गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले एक विज्ञप्ति जारी गर्दै शिक्षक, कर्मचारी तथा बाल विकास शिक्षकहरूको विद्यालयमा पढाइ भएको दिनदेखिको मात्रै तलब निकास गर्ने जनाएका हुन् ।

“हरिनास गाउँपालिकाभरका विद्यालयहरूका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरूको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुनेछ ।” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

EPIC EPIC EPIC EPIC EPIC

देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू २२ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन्। उनीहरूले शैक्षिक हड्ताल नै घोषणा गरेर आन्दोलन गर्दै आएका हुन् । विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित नेपाल शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका हुन् ।

आन्दोलनको क्रममा कुनै पनि शैक्षिक कार्यक्रममा सहभागी नहुने बताउँदै आएका छन्। जसका कारण भोलीबाट हुन लागेको कक्षा १२ को परीक्षा समेत वैशाख २१ गतेदेखिका लागि सरेको छ ।

आन्दोलनमा रहँदा समेत शिक्षकहरूले तलब भत्ता लिँदै आएका छन्। उनीहरूले ट्रेड युनियन अधिकार अन्तर्गत आन्दोलनका क्रममा समेत तलब भत्ता लिन पाउने दाबी गर्दै आएका छन्।

तर, हरिनास गाउँपालिकाले भने शिक्षकलाई पढाई भएको दिनदेखिबाट मात्रै तलब दिने प्रस्ट पारेको हो । गाउँपालिकाले शिक्षकहरूलाई विद्यालय खोल्न र पठनपाठन गर्न समेत भनेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *