जनकपुरधाम – स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित जनकपुरधामबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मंगलबार साँझ जनकपुरधाम उपमहानगरपालिका १० प्रादेशिक अस्पताल पछाडि पट्टी प्रहरी चौकी जनकपुरधामबाट खटेको प्रहरीको गस्ती टोलीले शंकाको आधारमा मण्डललाई चेकजाँच गर्दा स्रोत नखुलेको १६ लाख ९२ हजार १५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएका छन्।
प्रहरीले एक हजारको १ हजार २९२ थान, ५ सयको ८ सय थान, १ सयको १ थान र पचास रुपैयाँ १ थान बरामद गरि आवश्यक कारवाहीका लागि राजश्व कार्यालय पथलैया बारामा पठाइएको धनुषा प्रहरीले जनाएको छ।



















