स्लोक भाइब्सको धमाकेदार कमब्याक: बिर्तामोडबाट र्‍याप उद्योग हल्लाउन तयार!

बिर्तामोड। केही समयको विश्रामपछि झापाको चर्चित र्‍याप समूह स्लोक भाइब्स फेरि धमाकेदार कमब्याकको तयारीमा जुटेका छन्। दर्शक तथा श्रोतालाई उत्साहित बनाउने गरी उनीहरूले नयाँ संगीत भिडियोसहित पुनः र्‍याप उद्योगमा पाइला टेक्न लागेका हुन्।

स्थानीय युवामाझ निकै लोकप्रिय रहेको स्लोक भाइब्सले यसपटकको कमब्याकलाई “सबैभन्दा ठुलो” भन्दै प्रचार गरेका छन्। उनीहरूका अनुसार यसपटकको प्रस्तुतिमा संगीत, शब्द र भिडियो निर्माणमा नयाँपन देखिनेछ।

EPIC EPIC EPIC EPIC EPIC

स्लोक भाइब्सका सदस्यहरूले सामाजिक सञ्जालमार्फत फ्यानहरूलाई यसपटकको संगीत भिडियो “सिर्जनात्मक, दमदार र फरक स्वादको” हुने दाबी गरेका छन्। बिर्तामोडको सडकदेखि स्टुडियोसम्मको संघर्ष बोकेको समूहले योपटकको सिर्जनालाई आफ्नो करियरको महत्वपूर्ण मोडको रूपमा लिएको बताएका छन्।

कमब्याक भिडियोको टिजर चाँडै सार्वजनिक गरिने भएको छ भने सम्पूर्ण भिडियो भने आगामी साता युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमार्फत सार्वजनिक गरिने जनाइएको छ।

र्‍यापप्रेमीहरूका लागि यो समाचार निकै उत्साहजनक बनेको छ। स्लोक भाइब्सको कमब्याकले स्थानीय कलाकारहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *