Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजले स्वदेशमा केहि गर्छु भनि उद्योग व्यवसाय संचालन गर्ने युवाको व्यवसाय प्रवद्र्धन गर्ने

स्थानीय युवा तथा जेसीज सदस्यहरुले संचालन गरेको उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ बुधबारे जेसीजका सदस्य तथा पदाधिकारीहरुले एभरेष्ट साबुन उद्योगको अवलोकन भ्रमण सम्पन्न गरेका छन् ।

वि.स. २०७५ साल देखि बुद्धशान्ति १ मा स्थानीय युवाहरुको लगानीमा संचालनमा रहेको उद्योगले मेची ब्राण्डका लुगा धुने सरफ, साबुन लगायतका सामाग्री उत्पादन गर्दै आएको छ ।

EPIC

बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्याधन सिंह राजपुत (देव)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीज सदस्यहरुले उद्योगको अवलोकन, सामाग्री उत्पादन प्रकृयाका बारेमा जानकारी, सामाग्रीको बजार तथा प्रवर्धनका विषयमा छलफल तथा जानकारी लिएका थिए । स्थानीय उत्पादनलाई प्रर्वधन गर्ने सदस्यहरुले सामाजिक संजालमा व्यवसाय प्रवद्र्धनको अभियान संचालन गर्ने तथा आगामी दिनहरुमा जेसीज सदस्यहरुको उत्पादन प्रयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अथिति तथा एभरेष्ट साबुन उद्योगका संचालक खगेन्द्र लामिछानेले वर्ष २०२४ मा एभरेष्ट साबुन उद्योगले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु बुधबारे जेसीजसँग सहकार्य गरि गर्ने प्रतिवद्धता व्यक्त गर्दै उद्योगको अवलोकन तथा प्रवद्र्धनका लागि बुधबारे जेसीसलाई आभार व्यक्त गरे ।

कार्यक्रममा एभरेष्ट साबुन उद्योगका संचालकहरु विभिषण वाग्ले, अनिल घिमिरे, बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी नन्द कुमार याफु राई, निवर्तमान अध्यक्ष जेसी अर्जुन ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

महासचिव गजुहाङ योङहाङले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक जेसी उमेश तिम्सिनाले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने जेसीज आस्ता पाठ उपाध्यक्ष जेसी मुकुन्द पौडेलले गरेका थिए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सिंहले वर्ष २०२४ मा जेसीज सदस्यहरु तथा स्थानीय युवाहरुद्धारा संचालित उद्योग व्यवसायहरुको प्रर्वद्धन गर्न अझ प्रभावकारी कार्यक्रम संचालन गर्ने र एभरेष्ट साबुन उद्योगलाई बुधबारे जेसीज वर्ष २०२४ को एक व्यवसायिक साझेदार बनाएर अगाडी बड्ने प्रतिवद्धता व्यक्त गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *