स्वदेश फर्किन इजरायलको एयरपोर्टमा भेला भए २५० नेपाली

द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेका नेपाली लिन गएको नेपाल एयरलाइन्सको विमान इजरायलको तेल अविव पुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार साढे ३ बजे उडेको विमान दिउँसो तेल अविवस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल गएको छ।

नेपाल एयरलाइन्सको ए ३३० विमान दुबई विमानस्थलमा अवतरण गरी स्थानीय समयानुसार बिहान १० बजेर ४६ मिनेट जाँदा त्यहाँबाट इजरायलका लागि उडेको थियो।

इजरायलबाट नेपाल फर्किन चाहने २५० जना नेपाली त्यहाँस्थित तेल अविव एयरपोर्टमा भेला भइसकेका छन्।

नेपाल फर्किन चाहनेको सूचीमा नाम लेखाएका नेपालीमध्ये अहिले पहिलो चरणमा २५० जनालाई जाहाजले स्वदेश लिएर आउनेछ।

जहाज त्यहाँ दुई घण्टा बस्नेछ। त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौंमा राति ९ बजे अवतरण गर्ने बताइएको छ।

प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *