‘स्वर्गको फूल’ गुलमोहरले सजिएको बुद्धशान्तिको बर्ने !

तीर्थ तिम्सिना, झापा(बुद्धशान्ति) – लकडाउनको बेला मेची राजमार्गमा पर्ने झापाको बुद्धशान्ति गाउँपालिकाको बर्ने चिया बगान सडकछेउमा फुलेका गुलमोहरको फुल मनै लोभ्याउने दृष्य भएको छ । सडकको छेउछाउमा रातै भएर फुलेका गुलमोहरले बुद्धशान्तिलाई साँचिक्कै स्वर्गको आभाष दिलाएको छ ।

कोभिड १९ – कोरोना भाईरसको संक्रमण दर बढ्दै गएकाले झापामा लकडाउन गरिएको छ । कोरोना संक्रमणको भयले लकडाउन अवधिभर घरमै बस्नुपर्ने बाध्यता आयो । पर्यटकीय स्थलहरु बन्द भए । तरपनि स्थानीयहरु घरमा बस्दाको पट्यारलाई एकैछिनभए पनि रिफ्रेस हुनका लागि यस ठाउँमा आएर सितलता लिने, फोटो खिच्ने र टीकटक बनाउने क्रम बढ्यो । र सामाजिक सञ्जालमा अपलोड गर्न थालेपछि यसको प्रचारप्रसार भएको हो ।

EPIC EPIC EPIC

गुलमोहरको सुन्दरताले अहिले बुद्धशान्ति सहित झापाका विभिन्न स्थान रंगीन बनेका छन् । गर्मी मौषममा शितलता सँगै सुन्दरता प्रदान गर्न तम्तयार छन् गुलमोहर का रुख । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपनाम दिइन्छ ।

तस्वीरमा गुलमोहर :

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *