स्वर्णिम शिक्षा सदनले कचनकवलका उत्कृष्ट विद्यार्थी र मातृत्व योगदानकर्तालाई गर्यो सम्मान

बनियानी। कचनकवल गाउँपालिका २ मा अवस्थित श्री स्वर्णिम शिक्षा सदन माध्यमिक विद्यालयले शैक्षिक उपलब्धि र योगदानको कदरस्वरूप आज एक विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ। २०८१ सालको शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक राजवंशीले सभाध्यक्षता गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि एन प्याप्सन कोशी प्रदेशका उपाध्यक्ष रामकुमार सिंह राजबंशी रहनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई निरन्तर अध्ययनशील रहँदै देश र समाजको विकासमा योगदान दिन प्रेरित गर्नुभएको थियो। साथै विद्यालयले प्रतिभा पहिचान र प्रोत्साहनमा देखाएको अग्रसरता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

EPIC EPIC EPIC

कार्यक्रममा कचनकवल गाउँपालिकाभरिका सामुदायिक तथा संस्थागत विद्यालयका आधारभूत तह, कक्षा १० (एसईई) र कक्षा १२ (एसएलसी परीक्षा)मा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानका आधारमा सम्मान गरिएको थियो।

विद्यार्थीको व्यक्तित्व विकास र वाककला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा थप आकर्षण बनेको थियो। प्रतियोगितामा श्री महेन्द्र रत्न माध्यमिक विद्यालयकी उषा गणेश प्रथम, द्वितीय आयोजक विद्यालयकी छात्रा आरोही खड्का र ब्लु बेल्स विद्यालयकी युना विष्टले तृतीय स्थान हासिल गरिन्।प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

कार्यक्रममा विविध सांस्कृतिक नृत्य र गायन प्रस्तुति पनि गरिएको थियो। साथै, विद्यालयका प्रथम विद्यार्थीहरू तथा तिनका आमाहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। विद्यालयका संस्थापकका अनुसार, विद्यार्थीको सफलतामा आमाको योगदान नै प्रमुख हुने भन्दै आमाहरूलाई सम्मान गरिएको हो।

विशेष अतिथिमा खिवराज भट्टराई विशेष अतिथि एन प्याप्सन झापाका पूर्व अध्यक्ष तथा सल्लाहकार समिति सदस्य एवं चिल्ड्रेन गार्डेन इङ्लिस बोर्डिङ स्कुलका संस्थापक रहेका थिए। भने अन्य अतिथिहरूमा विद्यालयका संस्थापक जीवन भट्टराई, लक्ष्मी क्याम्पसका पूर्वप्रमुख डिल्लीराज नेपाल, समाजसेवी मोहन खनाल लगायतका व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय थियो।

त्यस्तै, कार्यक्रममा करातेको काता प्रदर्शन पनि गरिएको थियो, जसमा ओरेन्ज, पर्पल र ग्रीन बेल्ट प्राप्त विद्यार्थीहरूले प्रशिक्षक दिपेश निरौलाको नेतृत्वमा आकर्षक प्रदर्शन गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका मेलिना ढकालले प्रस्तुत गरेकी थिइन् भने सञ्चालन शिक्षक रोमनी बास्कोटाले गरेका थिए।

तस्वीरहरु:

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *