स्ववियु निर्वाचनः झापामा मुख्य प्रतिष्पर्धामा अनेरास्ववियु र नेविसंघ

image search 1678611098935

पालिका सन्देश । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राप्रप्रा.विस, लगायतले उम्मेदवारी दर्ता गराएका हुन् । १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ । त्यसका लागि विद्यार्थी संगठनहरु एकआपसमा प्रतिष्पर्धाका लागि तयार भएका छन् । झापामा मुख्य प्रतिष्पर्धामा अनेरास्ववियु र नेविसंघ देखिएका छन् ।

झापाका कुन कुन क्याम्पसमा हुँदैछ निर्वाचन ?

झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर, त्रिदेव क्याम्पस चारआली, काँकडभिट्टा क्याम्पस, गरामनी क्याम्पस, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, कनकाई क्याम्पस बिर्तामोड, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, दमक क्याम्पस, गौरादह बहुमुखी क्याम्पस, गौरीगञ्ज बहुमुखी क्याम्पस, सितारमेश क्याम्पस बुधबारे, शनिश्चरे बहुमुखी क्याम्पस, गौरादह कृषि क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

EPIC EPIC EPIC EPIC EPIC

कुन क्याम्पसमा को सभापति ?

अनेरास्ववियुले मेची बहुमुखी क्याम्पस भद्रपुरको सभापतिमा सन्देश धमला ‘पवन’, त्रिदेव क्याम्पस चारआलीमा योगश भट्टराई, काँकडभिट्टा क्याम्पसमा सन्तोष धमला, गरामनी क्याम्पसमा सन्तोष तिम्सिना, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा निर्मल विश्वकर्मा, कनकाई आदर्श क्याम्पस बिर्तामोडमा पुकार बराल, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा चेतन आचार्य, दमक क्याम्पसमा निषेश राई, गौरादह बहुमुखी क्याम्पसमा ईश्वर नेपाल, गौरीगञ्ज बहुमुखी क्याम्पसमा स्तब हुसेन खान, सीतारमेश बहुमुखी क्याम्पस बुधबारेमा प्रदिप बर्देवा, शनिश्चरे बहुमुखी क्याम्पसमा मनिष आचार्य, गौरादह कृषि क्याम्पसमा विक्रम कुमार तिवारीलाई सभापतिको उम्मेदवार बनाएको छ ।
यस्तै, अनेरास्ववियु(क्रान्किारी)ले जिल्लाका दुई वटा क्याम्पस बाहेकमा तालमेल गरेको जनाएको छ । बिर्तामोडको इन्द्रचन्द्र क्याम्पसको सभापतिमा सुरेन्द्र गिरी, कनकाई आदर्श क्याम्पसमा लक्ष्मण थापालाई सभापतिको उम्मेदवार बनाएको संगठनका जिल्ला अध्यक्ष रञ्जन धमलाले जानकारी दिए । उनका अनुसार दमक क्याम्पसमा एमाले निकट अनेरास्ववियुसँग तालमेल गरिएको बताए ।
यस्तै, नेविसंघले झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा किशोर ढुङ्गाना, त्रिदेव क्याम्पस चारआलीमा अर्जुन गौतम, काँकडभिट्टा क्याम्पसमा विशाल तामाङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा पवन दाहाल, कनकाई क्याम्पस बिर्तामोडमा किरण गुरुङ, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा कुवेर दाहाल, दमक क्याम्पसमा सुविन न्यौपाने, सीतारमेश बहमुखी क्याम्पस बुधबारेमा विवेक कार्की, शनिश्चरे बहुमुखी क्याम्पसमा विशाल थापा, गौरादह कृषि क्याम्पसमा राजन काफ्लेलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ । नेविसंघले कुनै पनि क्याम्पसमा तालमेल नगरेको बताइएको छ ।

सीतारमेश क्याम्पसमा बर्देवा र कार्की भिड्दै

झापाको बुद्धशान्तिमा रहेको एक मात्र क्याम्पस सीतारमेश बहुमुखी क्याम्पसमा समेत चुनावी माहोल तातेको छ । क्याम्पसमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिमा प्रदिप बर्देवाले उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसको विद्याथी संगठन नेविसंघबाट विवेक कार्कीले उम्मेदवारी दिएका हुन् ।

add a subheading 1

अनेरास्ववियुबाट सचिवमा अशोक भण्डारी, कोषाध्यक्षमा रमला राई, सदस्यहरुमा अस्मिता चापागाईं, रोहन कुमाल(मारी), प्रकाश योञ्जन(प्रेम), राजेश खतिवडा, उर्मिला लिम्बु(एरिका)ले उम्मेदवारी दिएको सीतारमेश बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समिति संयोजक केशव ढुङ्गेलले बताएका छन् ।
यस्तै समानुपातिकतर्फ अनेरास्ववियुले गोविन्द ढुङ्गेल, कञ्चन मग्रान्ती, अनुराग दाहाल, कमला तिम्सिना(कञ्चन), मन्दिरा घिमिरे(रेश्मा), दीपा गिरी, दिक्षा बिश्वकर्मा, निगम न्यौपाने, स्तुती पौड्याल र दिवस बराईलीलाई उम्मेदवारी खडा गरेको हो ।
नेविसंघबाट सचिवमा मेलिना मिश्र, कोषाध्यक्षमा सन्तहाङ लिम्बु, सदस्यमा अभिषेक घतानी(बिश्वकर्मा), मङ्गेश आचार्य, निर्मला आचार्य, प्रिया जोगी, विवेक वाग्लेले उम्मेदवारी दिएका छन् । यस्तै समानुपातिकतर्फ सविन खड्का, प्रतिक भट्टराई, रजनी दुलाल( तारा), सन्दीप भट्टराई, टीकाराम उप्रेती(उमेश), सन्तोष लाप्चा र खेमहाङ्मा लिम्बुले उम्मेदवारी दिएको स्ववियु निर्वाचन समिति संयोजक केशव ढुङ्गेलले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *