स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरिएको छ ।

यसअघि हिजो प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण र विद्यार्थी सङ्गठनको दर्ता सम्पन्न भएको थियो ।

EPIC EPIC EPIC

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्रिविका ६२ आङ्गिक र १,०४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा एकैदिन निर्वाचन हुने तयारी गरिएको छ ।

निर्वाचन प्रक्रिया अन्तर्गत आज उम्मेदवारको मनोनयनपछि चैत ५ मा मतदान सम्पन्न हुनेछ । देशभरका क्याम्पसहरूमा विद्यार्थी राजनीतिलाई प्रभाव पार्ने महत्वपूर्ण चुनावका रूपमा यसलाई हेरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *