स्ववियु निर्वाचन: गरामनी क्याम्पसमा रा.प्र.वि.स. का केशव खरेल अध्यक्षमा निर्वाचित

झापा। बिर्तामोड-९ स्थित गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। कुल ४० जना मतदातामध्ये ३७ जनाले मतदान गरेका थिए। मतदान अधिकृत निरतलाल राजवंशीले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।
निर्वाचनको मतगणनापछि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (रा.प्र.वि.स.) का केशव खरेल २३ मतसहित विजयी भएका छन्। अन्य प्रतिस्पर्धीमध्ये अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ६ मत, भने नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ८ मत प्राप्त गरेको थियो।

अन्य पदाधिकारीमा पनि रा.प्र.वि.स. को वर्चस्व

EPIC EPIC EPIC EPIC EPIC

सचिव पदमा रा.प्र.वि.स.का सन्दीप अधिकारी २१ मतसहित विजयी भए भने कोषाध्यक्ष पदमा रामकृष्ण पौडेल १९ मत प्राप्त गरी निर्वाचित भए। सदस्य पदमा पनि रा.प्र.वि.स. का उम्मेदवारहरू विजयी भएका छन्।
यद्यपि, अनेरास्ववियुकी रमिला बुढाथोकीले सदस्य पदमा विजयी हुँदै आफ्नो संगठनको उपस्थिति दरिलो बनाएकी छन्।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र विजयी उम्मेदवारहरू क्याम्पसका शैक्षिक तथा विद्यार्थी हितका मुद्दाहरूमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *