स्ववियू निर्वाचन:उपत्यकाका त्रिचन्द्र,अस्कल,नेपाल कमर्स लगायत केही क्याम्पसमा निर्वाचन स्थगित

image search 1678611098935

काठमाडौं

मतदाता विवादलाई लिएर उपत्यकाका केही कलेजहरुमा निर्वाचन नहुने भएका छन् । जसमा त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पस स्ववियू निर्वावन हुन् नसेकेको त्रिवि स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले कासिनलाई जानकारी दिए।
यी बाहेक त्रिविका आंगिक र सम्बन्धन प्राप्त अन्य क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान भइरहेको छ। भने केही क्याम्पसमा भने मतदान सुरू गर्न ढिलाइ भएका छन् ।
२ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा भने यसअघि नै सर्वसम्मत रूपमा नेतृत्व चयन भएका थिए।
काठमाडौं उपत्यकाभित्र सत्ता गठबन्धनमा रहेका दलका भ्रातृ संगठनले भागबन्डा गरेर उम्मेदवारी दिएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

अधिकारीका अनुसार कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा तत्काल स्ववियू चुनाव प्रक्रिया थाल्न उच्च अदालत पाटनले आदेश दिइसकेको छ।
यस्तै त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु चुनाव हुने उनले जानकारी दिए। ‘रोकिएका क्याम्पसमा आपसी समझदारी बनाएर केही समयभित्रै स्ववियु चुनाव गरिन्छ,’ उनले भने।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *