Search
Close this search box.
Search
Close this search box.

स्वास्थ्य चौकीको प्रिजभित्र बियरका बोतल भेटिएपछि…

अछाम। अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल फेला परेका छन् ।

जिल्लाको कमलबजार नगरपालिकाको वडा नम्बर ९ मस्टाबण्डालीमा रहेको एक स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र तीनवटा बियरका बोतल फेला परेका हुन् । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेको छ ।

EPIC

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका थिए ।

सोही अनुगमनका क्रममा फ्रिजभित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका हुन् ।

वडा नम्बर ९ का वडाध्यक्ष कमल भण्डारीले स्वास्थ्य चौकीको फ्रिजमा बियर राख्नेलाई कारबाही गर्ने बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *