स्वास्थ्य बीमामा नयाँ सुविधा : प्रथम सेवा बिन्दु अब बसोबासकै स्थानमा

काठमाडौँ। स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब आफू बसेकै स्थानमा प्रथम सेवा बिन्दु (प्रस्थान बिन्दु) कायम गरेर सेवा लिन सकिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै उक्त व्यवस्था स्वीकृत गरेको हो।

अघिल्लो प्रावधानअनुसार नागरिकले स्वास्थ्य बीमा गराएको स्थानमै सेवा सुरु गर्नुपर्ने बाध्यता थियो। मन्त्री पौडेलले यसअघि नै नागरिकलाई आफू बसोबास गर्ने ठाउँबाटै सेवा सुरु गर्न मिल्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए। उक्त प्रतिबद्धताअनुसार नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएकामा, बुधबारको बैठकले स्वीकृति दिएको हो।

EPIC EPIC EPIC

नयाँ व्यवस्थाले रेफरको प्रक्रिया सहज बनाउँदै नागरिकलाई बीमा गराएकै ठाउँमा पुग्नुपर्ने झन्झट अन्त्य गर्ने अपेक्षा गरिएको छ। साथै, बीमा सेवा लिनको लागि तीन महिना कुर्नुपर्ने समयसीमा पनि अब घटाएर एक महिनामा झारिएको छ।

“स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि गर्न संशोधन आवश्यक थियो,” मन्त्री पौडेलले बताए, “नयाँ व्यवस्थाले बीमालाई अझ व्यवहारिक र सहज बनाउनेछ।”

त्यस्तै, अब सबै तहमा प्रथम सेवा बिन्दु अनिवार्य रूपमा स्थापना गरिनेछ। हालसम्म स्वास्थ्य बीमा विस्तार भए पनि सबै तहमा सेवा सुरु गर्ने बिन्दु नहुँदा समस्या हुँदै आएको थियो। अब भने यस संशोधनपछि बीमाको आधारभूत सेवा लिन टाढासम्म जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

यस निर्णयलाई नागरिकमैत्री र व्यवहारिक कदमको रूपमा लिइएको छ, जसले स्वास्थ्य बीमाको प्रभावकारिता बढाउने सरकारको दाबी छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च