काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो ।
आज एक सूचना जारी गर्दै बोर्डले आउँदो चैत १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको वेबसाइटमा उपलब्ध छ ।